नेपालमा भारतीय समाचार च्यानलहरु बन्द

२०७७, २६ असार शुक्रबार १६:०१

अनर्गल, तथ्यहीन तथा निम्न स्तरको सामग्री प्रशारण गर्न थालेपछि नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बिहिबार साँझदेखि बन्द गरिएको छ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्व:स्फुर्त रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन ।

नेपाल केवल टेलिभिजन महासंघकाे बिहिबार बसेकाे बैठकले भारतीय समाचार च्यानल क्रमश: बन्द गर्दै जाने निर्णय गरेकाे महासचिव रामकुमार बस्नेतले जनाए ।

केवल अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपाल विरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणमा पुगिरहेको छ ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

Comments

ताजा खबर