काेकलधाराका दुग्ध सहकारीका किसानलाई रैनादेवी छहरा गाउपालिकाले अनुदान रकम हस्तान्तरण ।

२०७७, २६ असार शुक्रबार ०९:४३

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे पश्चिम क्षेत्रकाे गाउँपालिका रैनादेवी छहरा गाउँपालिकाले वडा न २ मा अवस्थित काेकलधारा दुग्ध सहकारीका लिमिटेड का दुग्ध उत्पादन गर्ने कृषकहरूलाई अनुदान एक कार्यक्रमका बिचमा रकम हस्तान्तरण गरेकाे छ ।

रकम हस्तान्तरण गर्दै कार्यक्रम प्रमुख अतिथि वडा न २ का वडा अध्यक्ष  जीवनाथ पाेखरेलले अहिले गाउँपालिकाले कृषकहरूलाई मध्ये नजर गरि विभिन्न  उत्साह पैदा गर्ने खालको कार्यक्रम  ल्याएकाे बताउदै  किसानहरुले आफ्नो जोस जागरले उत्पादन बढाएर आत्मनिर्भर हुन  अार्गह गर्नुभयो । साथै किसानले उत्पादन गरेको कुरामा  गापाले  किसान केही हिस्सा भए पनि लाई राहत दिने बताउनु भयाे ।

वडा न २ का वडा सचिव विष्णु गाैतमले पनि कृषकहरूलाई कृषि उत्पादन बढाई अात्मनिर्भर हुन अार्गह गर्नु भयाे । कार्यक्रमा काेकलधारा सहकारी सस्थाका करिब ४६ जना कृषिकहरूलाई रूपैयाँ ९० हजार ४६ रूपैयाँ वितरण गरेकाे र साे मध्ये उत्कृष्ट कृषक मिना भण्डारीलाई ७ हजार ५ सय ५ ले सम्मान गरिएको थियाे ।

कार्यक्रम सस्थाका अध्यक्ष सुर्य बहादुर साेमैकाे अध्यक्षता र सस्थाका व्यवस्थापक मेघराज भण्डारीकाे सञ्चालनमा भएको  थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु