आज पहिलो चरणको तेह्रौं उडानमार्फत कतारबाट १४९ जना नेपाली स्वदेश फर्किए

२०७७, २६ असार शुक्रबार ०७:२८

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको तेह्रौं पटक नेपाल एयरलाइन्सको उडानमार्फत १४९ जना नेपाली स्वदेश फर्केका छन् l

कतारस्थित नेपाली दूतावासका अनुसार तेह्रौं चरणको उडानमार्फत् ७ जना महिला सहित १४९ जना रहेका छन् । दोहाबाट काठमाडौँको लागि उडेको आरए २३९२ नम्बरको सो उडानमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई जना नेपालीको शव पनि नेपाल पठाईएको दूतावासले जनाएको छ ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ । उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Comments

ताजा खबर