जापानभर ३५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि बिहिबार एकैदिनमा टोकियोमा २२४ जना संक्रमण पुष्टि

२०७७, २६ असार शुक्रबार ०७:१९

टोकियो । जापानमा बिहिबार ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा कोरोना भाइरस व्यक्तिहरुमा संक्रमण पाइएको हो ।

बिहिबार एकैदिनमा टोकियोमा २२४ जना, ओसाकामा ३० जना, खानागावामा २५ जना, साइतामामा २२ जना, चिबामा २२ जना, होक्काइदोमा १ जना, फुकुओकामा ४ जना, ह्योगोमा २ जना, क्योतोमा ५ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म ७ हजार २ सय ७२ जनामा संक्रमण पाइएको छ । यहाँ हालसम्म ५ हजार ९ सय ७९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

बिहिबार, टोकियोमा संक्रमण संख्या एकैदिन हालसम्मकै उच्च कायम भएको छ । यसले टोकियो लगायतका जनघनत्व अधिक रहेको ठाउँहरुमा खतराको संकेत गरेको छ । त्यि क्षेत्रहरुमा रहेका प्रत्येक व्यक्ति/व्यक्तिले सतर्कता अप्नाउन नसके अझै विकराल रुपम लिन सक्छ । हालसम्म नेपाली समुदायमा संक्रमणको दुखद खबर सुन्न परेको छैन, त्यसैले थप सचेत बनौँ, आफु संक्रमित हुनबाट जोगिऔँ र अरुलाई पनि जोगाऔँ ।

Comments

ताजा खबर