आज टोकियोमा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि टोकियो मात्रै संक्रमण हुनेको संख्या ७२७२ पुगेको छ ।

२०७७, २५ असार बिहीबार १८:१७

टोकियो । टोकियोमा आज थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ७२७२ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ५८७६ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा १७ हजार ३ सय ३१ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

देशभर लगाइएको आपतकाल हटाइएलगत्तै टोकियो सहितका केही स्थानहरुमा संक्रमणको दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमण फैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन् ।

Comments

ताजा खबर