भुवनपोखरीको छचुवामा खानेपानीकाे टंकी निर्माण हुँदै ।

२०७७, २५ असार बिहीबार १६:४३

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे  रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा लिफ्टिङमा मार्फत घरघरमा खानेपानी धाराे पुग्याउने उधेश्यले  निर्माण गरिएको खानेपानी टंकी निर्माण र पाइप बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको १० लाख लगानीमा खानेपानी आयोजनाको लागि अहिले टंकी निर्माण र पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेको स्थानीय अर्जुन कुमालले गाेर्खाली भ्वाइसलाई  बताए । गाउँमा रहेका १ सय २० घरधुरीलाई घरघरमा खानेपानीको धारा पुर्याउनको लागि स्थानीय मुलमा टंकी बनाएर खानेपानी विस्तारको काम सुरुवात गरिएको हो ।

नजिकै रहेको मुलबाट लिफ्टिङ्ग गरेर खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सांसद तुलाराम घर्तीको पहलमा बजेट परेको थियो । यहाँ अधिकांश कुमाल समुदायको बाहुल्यता रहेको छ, खानेपानीको समस्या हुँदा घण्टौं समय खेर जाने गर्दथ्यो अहिले टंकी निर्माण भएर पानी वितरण भएमा त्यो समस्या समाधान हुने स्थानीयवासीहरु बताउँछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु