बिहीबार नयाँ संक्रमित थपिए सँगै नेपालमा १६ हजार ५ सय ३१ पुगेको छ ।

२०७७, २५ असार बिहीबार १६:३१

काठमाडौं । बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।

Comments

ताजा खबर