नवनियुक्त थापालाई आज दर्ज्यान्ही चिन्ह प्रधान गरिएकोछ ।

२०७७, २५ असार बिहीबार ११:२६

काठमाडौं ।  आजबाट नेपाल प्रहरीको नेतृत्व नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्हाल्ने छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधीका कारण बुधवारबाट अवकाश पाएका छन्। महानिरीक्षकमा बढुवा भएका थापालाई आज दर्ज्यान्ही चिन्ह प्रधान गरिएकोछ ।  

प्रहरी महानिरीक्षकका लागि एआइजी थापा र एआइजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। थापाले अब २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षकमा रहेर काम गर्नेछन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु