घरेलु तथा साना उद्योग पाल्पाले मोटर ड्राईभिड़ तालिम सम्पन्न गरेकोछ ।

२०७७, २४ असार बुधबार १७:३४

सन्ताेष गहतराज , पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाकाे रामपुरमा  एक महिने माेटर ड्राइभिङ तालिम  सम्पन्न गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषिराज अर्चायले  तालिम सिकेर मात्र त्यस्काे अर्थ नहुने भन्दै सिकेका कुरालाई व्यवहारमा उर्तारन आग्रह गर्नु भयाे ।

साथै याे सिप अरू भन्दा अलि संम्वेदनशिल भएको र प्रत्यक्ष मानव जीवन सॅग जोडिएकोले यस बिषयमा  जान्न जरूरी छ । साथै याे सिप मेशिनरि सँग सम्बन्धित रहेकाे हॅुदा जति प्रयोगमा ल्याउनुहुन्छ तेति धेरै सिपमा निखार पन आउने बताउनु भयाे ।

कार्यक्रममा रामपुर ड्राइभिङका प्रमुख जायश्वर पाण्डेले पछिल्लो समयमा सवारी दुर्घटनामा धेरै मानिस मृत्यु भएकाठले तालिमका सिकेको कुरालाई व्यवहारिक जीवन प्रयाेग गरी सवारी दुर्घटनाबाट जाेगिन आग्रह गर्नु भयाे ।

तालिमकाे प्रशिक्षक शिव डोटेल गर्नु भएकम र तालिममा  दश वटै वडाका करिब २० जना सहभागी थिए । कार्यक्रमकाे सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका सहज कर्ता मनोज घिमिरेले गर्नु भएकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु