आज टोकियोमा ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि टोकियोमा संक्रमण हुनेको संख्या ७०४८ पुगेको छ ।

२०७७, २४ असार बुधबार १६:३७

आज टोकियोमा ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि योसँगै टोकियोमा संक्रमण हुनेको संख्या ७०४८ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ५७०६ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

खानागावा प्रिफेक्चरमा थप २३ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै खानागावामा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १६२२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७१९७ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ९८२ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ९९५ जना पुगेको छ ।

Comments

ताजा खबर