फिलिपिन्समा समस्यामा परेका १८९ जना नेपालीलाई लिन आइतबार हिमालय एअरलाइन्सले उद्दार उडान गर्ने

२०७७, २४ असार बुधबार १५:४२

काठमाडौं-फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आगामी आइतबार हिमालय एअरलाइन्सको उडान हुने भएको छ ।

फिलिपिन्सको मनिलाबाट त्यहाँ समस्यामा रहेका नेपाली ल्याउनका लागि हिमालय एअरलाइन्सले जुलाई १२ अर्थात आउँदो आइतबार उडान भर्ने मलेसियामा रहेको नेपाली दुतावासले जनाएको छ ।

दूतावासका अनुसार फिलिपिन्स र ब्रुनाई कोरोनाका कारण रोकिएका १८९ जना दुतावासको प्राथमकितामा परेका छन् । उनीहरुको सुची दुतावासले सार्वजनिक गरेको छ । यी देशमा समस्यामा परेका र स्वदेश फर्कन पर्ने अवस्थामा भएमा दुतावासमा आफ्नो विवरण टिपाउन पनि अनुरोध गरिएको छ ।

Comments

ताजा खबर