जीत निकाल्दै चेल्सी तेस्रो स्थानमा, आर्सनल र लीस्टर सिटीको बराबरी

२०७७, २४ असार बुधबार १५:२९

चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले हराउँदै ६० अंकका साथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । कुल ५ गोल भएको खेलामा चेल्सीले ३ र क्रिस्टल प्यालेसले २ गोल गरेको हो ।

चेल्सीले खेल शुरुवातको छैठौं मिनेटमा ओलिविए जीरुको गोलले अग्रता लिएको थियो । त्यसपछी चेल्सीले २७औ र ७१औ मिनेटमा थप दोस्रो र तेस्रो गोल गरेको थियो ।

क्रिस्टल प्यालेसलले विल्फ्रेड जहा र बेन्टेकेको ३४ औ र ७२औ मिनेटमा गरेको गोलले चेल्सीलाई दवाबमा राखेको थियो ।

गएराति भएको खेलामा आर्सनल र लीस्टर सिटीले बराबरी खेलेका छन । २१औ मिनेटमा अबुमायाङ्ले गरेको गोलको अग्रतालाई भार्डिको ८४औ मिनेटमा गरेको गोलले बराबरीमा रोकेको हो ।

७५औ मिनेटमा रातो कार्ड पाएपछी आर्सनल १० खेलाडीमा खुम्चिएको थियो । बराबरीमा रोकिएपछी लीस्टर सिटी ५९ अंक संग चौथो स्थानमा झरेको छ भने ५० अंकाका साथ आर्सनल सातौ स्थानमा रहेको छ ।

Comments

ताजा खबर