बगनासकालीले अनुदानमा कृषि जन्य सामाग्री प्रदान

२०७७, २२ असार सोमबार १७:०७

सन्ताेष गहतराज,पाल्पा- जिल्लाकाे बग्नासकाली गाउँपालिकाले कृषकहरुलाई ५०% अनुदानमा कृषकहरूका कृषि जन्य मेसिन तथा अाैजारहरू प्रदान गरेको प्रदान गरेकाे छ । अार्थिक बर्ष २०७६/७७ मा लकडाउन सँगै नागरिकहरू कृषिमा प्रेरित भइरहेकाे बेला गाउँपालिकाले कृषिमा विशेष प्राथमिकता दिई बजेट बिनियाेजन गरेको छ ।

साेहि अनुसारगाउँपालिकाले कृषि यान्त्रिकरण कार्यक्रमका लागि गाउँपालिकाबाट २ लाख बराबरको हाते ट्याक्टर र ६७ हजार बेसार पिस्ने मेसिनका लागि बजेट विनियोजन गरि वडा नं. १ को कृषि यान्त्रिकरण कार्यक्रमको लागि १ लाख ७५ हजार विनियोजन गरिएको थियाे । जस अन्तर्गत सिडवीन, स्प्रेयर लगायत यन्त्र खरिद गरि वितरण गरिएकाे छ। वडा नं. ६ को कृषि यान्त्रिकरण कार्यक्रमबाट सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे ।


गाउँपालिका अध्यक्ष कृषि प्रसाद बस्यालले बग्नासकाली गाउँपालिकाले कृषकहरूकाे अाबश्यकताका अाधारमा विभिन्न वडाका किसानहरुलाई स्पेयर,हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान गर्नुको साथै संचालनको लागि तालिम समेत दिइएको बताउनुभयो । त्यस्तै अहिले कृषकहरू कृषि पेशामा प्रेरित भइरहेको बेला गाउँपालिकाले कृषिलाई प्राथामिकता दिई बजेट बिनियाेजन गरेको पनि बताउनु भयाे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले मेसिन सहि रुपमा सदुपयोग गरी आर्थिक उपार्जनमा वृद्धि गर्न अlर्गह गर्नु भयाे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाले सबै क्षेत्रका किसानलाई समेटेर माग र आवश्यकताको आधारमा मेसिन प्रदान गर्नुको साथै मेसिन संचालन र मर्मत, व्यवस्थापनको तालिम दिईएको बताउनु भएको थियो ।

बग्नासकाली गाउँपालिकाले अनुदानमा कृषि सामाग्री पाए पछि खुशी भएका छन ।

Comments

ताजा खबर