ओली–दाहालबीचको वान टु वान वार्ता सकियो

२०७७, २२ असार सोमबार १२:५३

काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ।

दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो । यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबार एक्ला एक्लै छलफल चलेको हो ।उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रीत रहेको श्रोतले बताएको छ ।

दाहाल भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । डेढघण्टा छलफल गरेका ओली दाहालबीच के सहमति भयो भन्ने खुलेको छैन ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ । समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन ।

सोमबारको छलफलमा कस्तो प्रगति भयो भन्ने खुलेको छैन । ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन ।

Comments

ताजा खबर