पाल्पा जेसिज द्वारा वृक्षरोपण

२०७७, २१ असार आईतवार ०६:३६

पाल्पा । पाल्पा जेसिजले सिविआर भवन परिसरमा वृक्षरोपण गरेको छ । शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिबिआर भवन क्षेत्रमा विभिन्न ८ प्रजाति फलफूलका बिरुवाहरु रोपेको हो । जेसिजका पदाधिकारी, पुर्ब अध्यक्ष र सदस्यहरुले आँप, लिची, कफी, सुन्तला, कागती लगायत फलफुलका ७० वटा विरुवा रोपेका थिए ।

हरियाली बनाई स्वच्छ वातावरण निर्माण गर्नका लागि वृक्षरोपण गरेको संस्थाका महासचिव अर्जुन कार्कीले बताउनुभयो । जेसिजले २०५२ सालमा पाल्पा जेसिज नामको संस्था स्थापना गरेको थियो ।

हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको हो । आफुहरुले विरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण गर्ने दायित्व पनि रहेको जेसिजका अध्यक्ष जेसी मदन गाहाले बताउनुुुभयो । वृक्षरोपणमा जेसिजका कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष जेसी राजिव श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार जेसी राजिव शाहा लगाएतको उपस्थिती रहेको थियो । पाल्पा सिविआरमा अपाङ्ग, सुस्त मनस्थिती भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु