आगन बहुउद्देश्यीय सहकारीले जनमैत्री अभियान संचालन गर्नु – नगर प्रमुख शाही

२०७७, २० असार शनिबार २२:०१

पाल्पा । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रारम्भिक साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि रहनुभएका तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारीले जनमैत्री अभियान संचालन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा केही वित्तीय संस्थाले विपन्न परिवारको उठिबास बनाएको उहाँले बताउनुभयो । केही लघुवित्त वित्तीय संस्था र सहकारीले धेरै विपन्न परिवारको उठिबास बनाएका छन् उहाँले भन्नुभयो “उठिबास होइन घरबास बसाउने र उनीहरूको आर्थिक उन्नतीमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको छ जसका लागी जनमैत्री अभियान संचालन गर्नु ।” संकटका बेला मात्र नभई सामान्य अवस्थामा पनि नागरिकलाई सहकारीले सहयोगी भूमिका निभाउनु पर्नेमा प्रमुख शाहीले जोड दिनुभयो । तानसेन नगरपालिकाले उपभोक्ता पसल संचालनको लागी नीति बनाई सकेको बताउदै नगरप्रमुख शाहिले उपभोक्ता पसल सन्चालनका लागी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सभाले ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखासुपरिवेक्षण समिती गठन गरेको छ । भीमलाल भट्टराईको अध्यक्षतामा नयाँ सहकारी चयन गरेको छ । जसको उपाध्यक्षमा गोपालप्रसाद बश्याल, सचिवमा मिलन विश्वकर्मा, सहसचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा अम्बिका पाण्डे रहेका छन् । सदस्यहरूमा रामप्रसाद भट्टराई, रामप्रसाद खनाल, कमला सारू, अञ्जु भण्डारी, सकुन शाक्य र श्रीप्रकाश ढुंगाना चयन भएको निर्वाचन उपसमितिका संयोजक घनश्याम भट्टराईले बताउनुभयो । उहाँका अनुसार समितिका नयाँ पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी भेलाले भबिन्द्र गौतम संयोजक रहेको तीन सदस्यीय लेखासुपरीवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यहरूमा बालकृष्ण बश्याल र मञ्जु रेग्मी रहेका छन। निर्वाच उपसमितिका संयोजक घनश्याम भट्टराइले सहकारी विपन्न परिवारको सारथी बन्नुपर्ने बताउनुभयो । कुमारी बैंक पाल्पा शाखा प्रमुख अम्बिकाप्रसाद बश्यालले पारदर्शी र जवाफदेही भएर संस्था सञ्चालन गर्न सुझाउनुभयो । वयोवृद्ध टीकाराम बश्यालले एकताको भाव लिएर सहकारीमार्फत जनताको दुख सुखमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
१२५ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ लाख बढी शेयर पूँजी रहेको छ। सभाले संस्था सञ्चालनका लागि विभिन्न नीति निर्देशिका सहित अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ । गएको पुस महिनामा तानसेन नगरपालिकामा दर्ता भएर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। सहकारीले सुपथ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तो र गुणस्तीरय खाद्यवस्तु उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष भीमलाल भट्टराइले बताउनुभयो ।
तदर्थ समितिका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बश्यालको स्वागत र सदस्य मिलन बिश्वकर्माको सन्चालनमा शभा सन्चालन भएको थियो ।

Comments

ताजा खबर