तानसेन नगरपालिको बडा नम्बर १० ले उन्नत जातकाे घाँस वितरण ।

२०७७, २० असार शनिबार १४:४५

सन्ताेष गहतराज । जिल्लाकाे तानसेन नगरपालिका वडा न १० तेल्घाले उन्नत जातकाे घाँस वितरण गरेको छ । तेल्घाले चुकाहाका  करिब ५० घरपरिवारलाई उन्नत जातकाे किम्बु, खनिया, इपिलिपि, सुपर नेपियर लगाएतका घाँस तानसेन नगरपालिका  काे आर्थिक सहयाेग र तानसेन १० काे सहकार्यमा वितरण गरिएको वडा कार्यालय जनाएको छ ।

तानसेन नगरपालिका १० का वडा अध्यक्ष लाेचन प्रसाद तिमील्सिनाले काेराेना भाइरसले गर्दा  लकडाउन सँगै कृषकहरू कृषि पेशामा  प्रेरित भइरहेको बेला वडा कार्यालयले कृषकहरूलाई थप प्रेरणा मिलाेस भनी उन्नत जातकाे घाँस वितरण गरेकाे बताउनु भयाे । त्यस्तै वडा कार्यालयले यही आर्थिक बर्षमा कुरिलाे खेती गर्न इच्छुक कृषकहरूलाई तालिम दिइ  कुरिलाे वितरण गरिएको बताउनु भयाे । वडा कार्यालयले उन्नत जातकाे घाँस अन्तर्गत सुपर नेपियर १ हजार,किम्बु ५ सय,खनियाे १ सय,इपिलिपि ३ किलाे,पुलाताे पास पालम ५ सय लगाएतका बिरुवा र बीउ निशुल्क वितरण गरिएको तथा ५० प्रतिशत अनुदानमा १ सय कागतीकाे बरूवा समेत वितरण गरिएको वडा अध्यक्ष तिमील्सिनाले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु