टोकियोमा कोरोना बढ्दो क्रममा आज १३१ जनामा संक्रमण

२०७७, २० असार शनिबार १२:२२

टोकियो । आज शनिबार टोकियोमा एकैदिन  १३१ जना जतिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिउँसो २:५० बजेको अपडेट अनुसार,आज पनि टोकियोमा १ सय जनाभन्दा बढि संक्रमित पुष्टि भएका हुन् ।योसँगै टोकियोमा  संक्रमित संख्या ६,६५३ पुगेको छ ।

दैनिक १ सय जना भन्दाबढि संक्रमित देखिएको आज लगातार तेस्रो दिन हो ।
हिजो शुक्रवार टोकियोमा १२४ जना,खानागावा केनमा २४ जना,साईतामा केनमा २६ जना,खागोसिमा केनमा ३० जना,चिबा केनमा ९ जना,ईबाराकी केनमा ६ जना,तोचिगी केनमा २ जना गुन्मा केनमा १ जना, सिजुओका केनमा ५ जना,ओखायामा केनमा ४ जना,मियागी केनमा २ जना,ओसाकामा ११ जना, क्योतोमा ५ जना र एयरपोर्टको क्वारेन्टाईनमा १ जनामा संक्रमण पुष्टि भएको थियो।

Comments

ताजा खबर