गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोखरेलले कसे लगनगाँठो

२०७७, २० असार शनिबार १०:५०

काठमाडौँ -सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । यी दुईको विवाह सीमित आफन्त र केही साथीभाइको उपस्थितिमा शुक्रबार बुढानीलकण्ठ मन्दिरमा भएको हो ।

अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने अर्जुनले बताए ।गीत सङ्गीतमा खुबै रुचाइएको यो जोडी सात वर्षदेखि अनुराग सङ्गीत विद्यालयमा आबद्ध छन् ।

पछिल्लो समय पोखरेलले सङ्गीत भरेको धेरै गीतमा खरेलले स्वर दिएकी छिन् ।नेपाली चलचित्रको संगीतमा अर्जुन सफल छन् । उनले तयार पारेका ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत चलचित्रका गीत सर्वाधिक सफल मानिन्छन् ।

Comments

ताजा खबर