अबको तीन दिन बाढि पहिरोको सम्भावना, नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०७७, १९ असार शुक्रबार ०९:१७

पाल्पा । अबको तीन दिन नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ । महाशाखाका अनुसार यस्तै कर्णाली प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने अनुमान रहेको छ ।

शुक्रबारको वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकोछ ।
यस्तै बाढीपुर्बानुमा महाशाखाले बर्षाको कारण नदिहरुमा बहाब बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र महाकालीमा बहाव सामान्य बढ्ने तर सतर्कता तल नै हुने हुँदा तटिय क्षेत्रमा कार्यगर्दा सतर्कता साथ गर्न सकिने जानकारी दिएको छ ।
शुक्रबार कन्काई, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने र केही सहायक नदीमा सतर्कताको तहसम्म पुग्ने भएकाले सजग रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । केन्द्रका अनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने छ । प्रदेश ५ को पाल्पा लगाएतका स्थानमा मेघगर्जन सहित अहिले पानी परिरहेको छ ।

शनिबारको मौसम पुर्बानुमान ।
शनिबार दिउँसो सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शनिबारको दिन प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबारको मौसम पुर्बानुमान ।
प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा पानी पर्ने छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, पहिरो जाने र डुबानको समस्या हुन सक्ने भएकाले सुरक्षित र सतर्क रहन आवस्यक देखिएको छ ।

Comments

ताजा खबर