गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए

२०७७, १९ असार शुक्रबार ०७:५७

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९, तनहुँका ९, पर्बतका ३ र बाग्लुङका एक जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हेरौं बिस्तृतमा :

Comments

ताजा खबर