पाल्पा जेसिजद्वारा कोरोना संक्रमितलाई पौष्टिक आहार बितरण

२०७७, १९ असार शुक्रबार ०७:३०

पाल्पा । तानसेनका आइसोलेनशमा बसेका कोरोना संक्रमितलाई पौष्टिक आहार बितरण गरिएको छ । पाल्पामा क्रियाशिल रहेको सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमीत ब्यक्तिहरुलाई रोग प्रतिरक्षात्मक क्षमता अभिवृद्धिका लागि पौष्टिक आहार बितरण गरेको हो ।
तानसेनको भुसालडाडा स्थित वृद्धाश्रम र तानसेन स्कुल अफ् हेल्थ साइन्स (नर्सिङ्ग कलेज) मा रहेका कोरोना संक्रमित र उनीहरुको व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी सहित ३५ जनालाई पोषणयुक्त खानेकुरा अण्डा, हर्लिक्स, जुस, विष्कुट, फलफुल लगायतका पौष्टिक खानेकुरा र मास्क बितरण गरेको पाल्पा जेसिजका महासचिव अर्जुन कार्कीले बताउनुभयो ।
युनाइटेड मिसन अस्पताले वृद्धाआश्रममा र तानसेन नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका तथा तिनाउ गाउँपालिकाले संयुक्त रुपमा तानसेन नर्सिङ्ग स्कूलमा आइसोलेशन संचालन गरेका छन ।


संस्थाको उत्तरदायित्व अन्तर्गत दुई स्थानमा रहेका आइसोलेशनमा छुट्टाछुट्टै कार्यक्रम गरीएको थियो । संक्रमण भएका नागरिकहरुलाई केही भए पनि राहत मिल्लोस भनेर पौष्टिक खानेकुरा सहयोग गरिएको जेसिजका पाल्पा अध्यक्ष मदन गाहाले बताउनुभयो ।
तानसेन १ का कार्यवाहक वडा अध्यक्ष शिव थापाले जेसिजले गरेको सहयोग आफैमा स्वागत योग्य रहेको बताउनुभयो । युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल सकुन्तला थाञ्जुले विषम परिस्थितिमा जेसिजले देखाएको सहयोग र सद्भाव प्रसंशनिय रहेको भन्दै संस्थलाई धन्यवाद दिए । पाल्पा जेसिजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश काफ्ले, जेसिजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रिजनमान महर्जन लगायत पदाधिकारीले आगामी दिनहरुमा पनिआवश्यक सहयोग गर्दै जाने बताएका छन् ।
पाल्पा जेसिजले युवाहरुको क्षमता बिकास लगायत जनचेतनामूलक विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Comments

ताजा खबर