रैना देवी छहरा गाउपालिकाले दुध उत्पादक किसानहरुलाई अनुदान दिएको छ ।

२०७७, १८ असार बिहीबार २०:४१

सन्ताेष गहतराज । पछिल्लो समयमा मानिसहरू कृषिमा प्रेरित भईरहेकाे बेला जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले किसानलाई दुधमा अनुदान दिएको छ ।

 गाउँपालिकाले दूधमा आत्मानिर्भर बनाई समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप दूधमा किसानले उत्पादन गरेको दुध विक्रिमा आधारित ढुवानीका लागि अनुदान दिएको हो । वडा ४ सल्लेधारामा रहेका दुध उत्पादक किसानहरुलाई उत्पादन गरेको दुध विक्रीमा आधारित ढुवानीको लागि गाउँपालिकाले अनुदान दिएको छ । गाउँपालिकाले छहरामा स्थापना भएको लगनशिल महिला सहकारी सस्थाको आयोजनामा सल्लेधारा दुध उत्पादन समुहका ४८ जना किसानलाई नगद अनुदान दिएको हो । दूध उत्पादक किसानहरुलाई प्रोत्साहन गरी दूधमा आत्मानिर्भर बनाउनका लागि दूधमा अनुदान दिइएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए । अनुदान रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष कार्कीले काम गर्ने किसानलाई मल बिउ प्राविधिक सहयोग र नगद अनुदानको निति तयार पारेको बताए । उनले १० लाख रुपैया अनुदानका लागि विनियोजन भएको र आगामी दिनमा पनि अनुदानको कामलाई निरन्तरता दिने बताए ।

गाउँपालिकाले किसानहरुसँग हातेमालो गर्दै दुधमा १ रुपैयाँ पचास पैसा र जिउदो खसी बोकामा प्रतिकेजी २० रुपैयाँ अनुदान दिदै आएको प्रवक्ता बिष्णु पोखरेलले जानकारी दिए । कार्यक्रममा लगनशिल महिला सहकारी सस्था छहराका अध्यक्ष सारदा रायमाझीले ग्रामिण भेगमा रहेका जनतालाई कृषी पेसामा आकर्षित गर्न सहकारीको महत्पूर्ण भूमिका रहेकाे बताईन् । सहकारीको पहलमै सल्लेधाराका ४८ जना दुध उत्पादक किसानहरुलाई गाउँपालिकाको सहयोगमा ६९ हजार नगद अनुदान प्रदान गरिएको उनले बताईन् । सल्लेराका किसानहरु मध्य ८ महिनामा सबै भन्दा बढी ४ हजार ७४ लिटर दुध उत्पादन गर्ने नारायण प्रसाद पोखरेले ६ हजार एक सय ११ रुपैयाँ अनुदान प्राप्त गरेका छन् । अनुदानले आफुलाई व्यवसायमा लाग्न थप प्रोत्साहन गरेको उनले बताए । अनुदान सानो भए पनि काम गर्ने किसानहरुलाई ठूलो हौसाल भएको सोही ठाउँका किसान टेकराज पोखरेल बताउछन् ।

कार्यक्रममा ग्रामिण आर्थिक विकास संघ रेडका कर्मचारी तथा फोक्केआप सहकारीका अध्यक्ष प्रदिप पौडेलको समेत उपस्थिती रहेको थियो । समाजसेवी जीवन पोखरेलको स्वागत, खुम प्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु