चलचित्र संघमा भुवन केसीले साम्राज्ञीविरुद्ध दिए उजुरी (पत्रसहित)

२०७७, १८ असार बिहीबार १७:३७

काठमाडौं – अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसी बिचको विवाद अहिले चलचित्र क्षेत्रमा छताछुल्ल भएको छ । सामाजिक सञ्जालमा उनीहरुको बहस नै चलिरहेको छ । एक अर्काबिच आरोप प्रत्यारोप लगाइरहेका छन् ।

केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् । उनले बिहीबार कलाकार संघमा आफ्नो चरित्र हत्या भएको र झुटा आरोप लगाइएको भन्दै उजुरी दिएका हुन् ।

केही दिनयता देखि सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्ध विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरू व्यक्त गरेकाे देखिएकाले साे सम्बन्धमा आवश्यक छानविन गर्नका लागि संघकाे आजिवन सदस्य भएकाले निवेदन गरेकाे छु,’उजुरी पत्रमा भनिएकाे छ। 

४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्र क्षेत्रमा रात दिन कार्यरत रहेर हासिल गरेको मान प्रतिष्ठामा साम्राज्ञीका कारण आघात पुगेको उनले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु