आज थपिए कोरोनाका चार सय ७३ संक्रमित

२०७७, १८ असार बिहीबार १६:३६

आज बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। हिजो बुधबार नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिए।

त्यो संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो।

Comments

ताजा खबर