डेल्टा एयरलायन्सका ५०० कर्मचारीलाई कोरोना संक्रमित

२०७७, १८ असार बिहीबार १३:०१

अमेरिकाको डेल्टा एयरलायन्सका झन्डै ५०० जना कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।गत जुन १८ गते भएको सेयरधनीहरूसँगको फोन वार्ताका क्रममा  डेल्टाका प्रमुख कार्यकारी अधिकृत एड बास्टियनले भने, हाम्रा झन्डै ५ सय कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये धेरै जना निको भइसकेका छन्। तर उक्त रोगका कारण हामीले १० जना कर्मचारी गुमाएका छौं।

गत मार्चदेखि कर्मचारीहरूमा कोरोना संक्रमण देखिन थालेको थियो।डेल्टा एयरलायन्सका संसारभरि ९० हजार बढी कर्मचारी छन्।

पछिल्लो समय उक्त कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ।संक्रमित कर्मचारीहरू क्याबिन क्रुका हुन् किन ग्राउन्ड ह्यान्डलिङका  हुन् र उनीहरूले कुन फ्लाइटमा काम गरेका थिए भन्ने प्रष्ट भइसकेको छैन।

गत फेब्रुअरीमा कोरोनाभाइरसका कारण उडान बन्द भएपछि पहिलो पल्ट अमेरिकी एयरलाइन्सले चीनमा उडान गरेको हो ।  कर्मचारीमा संक्रमण भए पनि डेल्टाले जुन २५ बाट अमेरिकादेखि चीनका लागि उडान पुन: सुचारू गर्ने जनाएको छ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु