गल्कोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको वार्षिक कार्ययोजना सार्बजनिक ।

२०७७, १८ असार बिहीबार १०:४५

जापान । बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा स्थापित गल्कोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाले संस्थाको एक बर्षको योजना सार्बजनिक गरेको छ ।

गल्कोट नगरपालिका भित्रको एतिहासिक स्थान एव विद्यालयहरूलाई संरक्षण र सहयोग गर्ने योजना रहेको मंचका अध्यक्ष झविन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । 

मंचको बैठकले धौलागिरी प्रावि र कोट मैदान प्राविमा अध्यनरत ३/३ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, गल्कोट नगरपालिका भित्र सरसफाई अभियान संचालन गर्ने र आवस्यक सामानहरु प्रदान गर्ने त्यसैगरी नगरपालिका कोरोना राहतकोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको सचिव डम्बर खत्रीले बताउनु भयो । 

संस्थाको स्थापना बागलुङको गल्कोटमा भएपनि जापानबाट सहयोग पुर्याउने उदेश्य राखि जापान शाखाको स्थापन २०७६ मा भई बिभिन्न सहयोगहरु गर्दै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु