नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

तानसेन नगरपालिकामा नेपाल बैंकको काउन्टर विनाधितो सहुलियत कर्जा दिने

२०७७, १८ असार बिहीबार ०७:०८

पाल्पा । तानसेन नगरपालिकाको परिसरभित्र नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन गरिएको छ । नगरप्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बैंकले जनाएको छ ।

उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुुुख शाहीले सरकारी बैंक भएर पनि ग्राहक सेवामा मन जित्दै गएको नेपाल बैंकले नगरपालिका परिसरभित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गर्दै अब बैंकहरुले कृषि, महिला उद्यमशीलता, दलित समुदाय लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्ने तथा उत्पादनमुलक क्षेत्रमा लगानी अगाडि बढाउनुपर्ने बताउनु भयो । उपप्रमुख लक्ष्मी पाठकले नेपाल बैंक लिमिटेडले नगरपालिकाको सहकार्यमा विनाधितो कर्जा उपलब्ध गराएर नगरपालिकामा युवाहरुलाई स्वरोजगार बनाउनमा सहयोग गरेकोमा सो कार्यलाई आगामि दिनहरुमा पनि निरन्तरता दिनु पर्ने बताउँदै नगरपालिका परिसरभित्रै बैंकको सेवाले आर्थिक कारोबार सहज र सरल हुने बताउनु भयो ।
नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी सेर्पाले नेपाल बैंकले वित्तीय पहुंचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताउनु भयो । पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बताउनु भयो । मधुसुदन छिनालको स्वागत तथा तेजब गहतराजको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, ६ नं. वडाका वडाअध्यक्ष सागर महर्जन, नगरपालिकाका सरसफाइ बिभागका प्रमुख शंकर भण्डारी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।
सोही कार्याक्रममा नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाको सहकार्यमा साकम्बरी बाख्रा फर्म, देउराली बाख्रा पालन र रानीमहल पशु पालन तथा कृषि फर्मका उद्यमीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा सुबिधा प्रस्तावपत्र प्रदान गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु