ब्यवसायीलाई राहत ब्यवस्था गर्न महासंघको ध्यानाकर्षण

२०७७, १७ असार बुधबार २२:३७

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी जारी लकडाउनले गर्दा सार्वजनिक यातायात सबैभन्दा प्रभाबित भएका छन । यसैको सम्बोधनका लागी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले सरकारका निकायमा राहतको माग गरिरहेको छ । मंगलबार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको नेतृत्वमा अर्थ सचिव सिशिर कुमार ढुंगाना लाई आफ्ना समस्या सहितको राहत प्याकेज ल्याउन मागपत्र पेश गरेका छन । मागपत्रमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार र पुनरकर्जाको व्यवस्था, सवारि संग सम्वन्धित सवारी कर, रुट ईजाजत नविकरण, जाँच पास, र चलक अनुमति पत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था गर्नुपर्ने माग रहेका छन । माग प्रति अर्थ सचिव सिशिर कुमार ढुंगानाले राहतका प्याकेज ल्याउने आश्वासन पाएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।


महासचिब सिटौलाका अनुसार यसअघि बैशाख २१ मा अर्थसचिव ढुंगानालाई विभिन्न माग राख्दै महासंघले विज्ञप्ती बुझाएको थियो । त्यतिबेला बुझाएको विज्ञप्तीमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार, पुनरकर्जाको व्यवस्था, सवारीकर, आयकर, रुट ईजाजत नविकरण, जाँच पास र चालक अनुमतिपत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था लगायतको माग गरेका थिए । धेरै पटकको पहलपछि सरकारले राहतदिने आश्वासन दिएको सिटौलाको भनाई छ ।

चैत्र ११ देखि जारी लकडाउन १०० दिन पूरा भएको छ । सय दिन पुराहुँदासम्म सरकारको तर्फ बाट कुनै राहतको ब्यवस्था भएको छैन । एकातिर बैंकले किस्ता तिर्न ताकेता गरेको छ भने लामो समयसम्म आफ्ना सवारीसाधन थन्किएका कारण ब्यवसायी समस्यामा परेका छन ।

Comments

ताजा खबर