नेकपामा गुट उपगुट , झम्सीखेलमा दाहाल र नेपाल समूहको बैठक ।

२०७७, १७ असार बुधबार २१:००

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका छन् ।

प्रधानमन्त्री ओलीले आफूनिकटका नेता तथा सांसदहरुसँग परामर्श गर्नुभएको छ भने दाहाल–नेपाल पक्षले बुधबार साँझ ‘रणनीतिक’ बैठक गरेका छन् ।

ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आयोजित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालगायत सहभागी हुनुभएको छ ।

छलफलमा दाहाल–नेपाल पक्षका अधिकांश स्थायी समिति सदस्य पनि सहभगी छन् ।पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको बुझिएको छ ।

अध्यक्ष दाहालले बिहीबार बिहान स्थायी कमिटीका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाउनुभएको बुझिएको छ । यसअघि, बुधबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री ओलीले पदत्याग गरेर मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु