तीन वर्षको नतिजाको आधारमा एसईई मूल्यांकन गर्न प्याब्सन र एन प्याब्सनको निर्देशन ।

२०७७, १७ असार बुधबार २०:१७

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई प्याब्सन र एन प्याब्सनले आन्तरिक मूल्यांकन गर्दा न्युनतम तीन वर्षको परीक्षाको नतिजालाई आधार मान्न नीजि विद्यालयहरुलाई निर्देशन दिएको छ।

यो वर्षको एसईई कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्रासका कारण स्थगित भएको थियो। परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्यांकनलाई आधार मान्ने सरकारले निर्णय गरेको थियो।विद्यार्थीहरुको आन्तिरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष विधि अपनाउन दुवै संगठनले विज्ञप्तिमार्फन सदस्य विद्यालयहरुलाई अनुरोध गरेका छन्। साथै मूल्यांकनको आधारसमेत प्रस्तुत गर्न पनि उनीहरुले निर्देशन दिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु