कतारबाट आज र भोली चार्टर्ड विमान मार्फत नेपाली स्वदेश फर्किदै छन् ।

२०७७, १७ असार बुधबार ११:१२

कतार । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज बुधबार पहिलो चरणको छैटौं चार्टर्ड उडानमा नेपाल एयरलाइन्सको RA २३९२ मार्फत १४५ जना र सातऔं पटकको  उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको H ९५६३२ उडानमार्फत् कतारबाट १५४ सय जना गरि जम्मा २९९ जना नेपाली स्वदेश फर्केका छन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार छैटौं चरणको नेपाल एयरलाइन्सको उडानमार्फत् २ जना महिला र १ सय ४३ जना पुरुष रहेका छन् ,त्यसैगरि सातौ चरणको हिमालय एयरलाइन्सको उडानमा ६ जना महिला र १ सय ४८ जना पुरूस पनि आजै नेपाल फर्किएका छन् ।

सोहि उडानमा कोरोना भाइरसका कारण मृत्यु भएका १ जना नेपालीको शव पनि नेपाल पठाईएको दूतावास स्रोतले बताए।

दूतावासको प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई चार्टर्ड उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यस्तै अर्को चार्टर्ड उडान भोलि बिहिवार नेपाल एयरलाइनको हुने छ भने गत जुन २०, २८, २९ र ३० को उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गरि टिकेट लिन दूतावासले आग्रह गरेको छ । साथै, एह्तराज एप प्रयोग नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा एह्तेरज एप अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउन समेत दूतावासले अनुरोध छ ।

Comments

ताजा खबर