रामपुर लुटपाट घटनाका अभियुक्त पक्राउ

२०७७, २१ कार्तिक शुक्रबार २२:२१
पाल्पा । जिल्लामा प्रहरी कार्यालय पाल्पाले रामपुर लुटपाट घटनाका अभियुक्तलाई पक्राउ गरेको छ ।
सांकेतिक तस्बिर फाइल फोटो
प्रहरीकाे टाेलीले करिब १:३० बजेको समयमा जिल्लाकाे रामपुर नगरपालिका वडा नं. ८ ढकालचौपारी स्थित मन कुमारी श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरु आई अचानक खुकुरी देखाई कुटपिट गरी डर धम्कि दिई बाकस र दराजमा रहेको नगद रु. ३,५८,०००।- (तिन लाख अन्ठाउन्न हजार) र सुनको बिभिन्न गरगहना गरी अं. साढे नौ तोला अं. मुल्य ९,५०,००० ।- ( नौ लाख ५ हजार ) लुटपाट गरी लगेकोमा घटना सम्बन्धमा अनुसन्धान गर्दै जादा घर धनि मनकुमारी श्रेष्ठकी बुहारी बर्ष ३५ की राम माया श्रेष्ठ र जिल्ला पुर्व नवलपरासी बौदीकाली गा.पा.- ३ घर भई हाल जिल्ला पाल्पा रामपुर न.पा.- ५ बस्ने बर्ष ३० को माधव पंगेनी समेतको मिलोमतोमा योजना बनाई डाका चोरी गरी लुकाई छिपाई राखेको सम्पुर्ण नगद तथा गरगहनाहरु बरामद गरी डाका चोरी मुद्दा अन्तर्गत अनुसन्धान प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु