जुलाई १ देखि थप १८ मुलुकबाट जापान प्रवेशमा रोक, प्रवेश रोक १ सय २९ पुग्यो

२०७७, १५ असार सोमबार १९:०७

टोकियो । विश्वव्यापी कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले जुलाई १ तारिखबाट थप १८ देशबाट प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

विश्वव्यापी कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि ,आज जारी सुचना जुलाई १ तारिखबाट, अल्जेरिया, ईराक,,जमैका,क्यामरुन क्युवा, ग्वाटेमाला,कोस्टारिका,मध्य अफ्रिका,हैटी, मौरीटानिया,लेवनान लगायतका १८ वटा देशबाट जापान प्रवेशमा रोक लगाईनेछ । यि थपिएका मुलुकहरुसंगै जापान प्रवेशममा रोक लगाईएका मुलुकहरुको संख्या १ सय २९ वटा पुगेको छ ।

जापानमा पनि कोरोना प्रभाव कम हुने अनुमान गरिएता पनि जापानका विभिन्न प्रान्तहरु साथै पछिल्ला दिन टोकियो, साईतामा, होक्काईदो लगायतका स्थानहरुमा झन बढ्न थालेको छ ।

Comments

ताजा खबर