उजिर सिंह पार्ककाे शिलान्यास

२०७७, १५ असार सोमबार १६:५९

पाल्पा । नेपाल अङ्ग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा पार्क वन्ने भएकाे छ । तानसेन नगरपालिका–६, सतनचुलीमा एक कार्यक्रमका विच पार्कको शिलान्यास गरिएको छ । पाल्पा क्षेत्र नम्वर २ का सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएकाे हाे । ऐतिहासिक सतनचुलि मन्दिर परिसरमा कर्णेल उजिरसिंह पार्क स्थापना गर्न लागिएकाे हाे । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद सोमप्रसाद पाण्डेयको रु ५० लाख बजेट विनियोजनबाट पूर्वाधारका काम भइरहेको छ । आर्थिक वर्ष २०७६।०७७ बजेटबाट सो काम भइरहेको छ । नेपालको भूगोल जोगाउने, राष्ट्रियताको रक्षा गर्ने र स्वाधीन नेपालका निम्ति आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजलाई परास्त गर्ने नेपाली सेनाका कर्णेल थापाको योगदानको कदर गरेर उद्यान निर्माणमा प्राथमिकता दिइएको सांसद पाण्डेयले वताउनुभयाे । कार्यक्रममा तत्कालिन संविधानसभा सदस्य नारायणी शर्मा र  जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीले पर्यटन विकासमा उद्यानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेकपाका धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका विधान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाका  विशाल दर्लामी र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बर्तुङमा उद्यान निर्माण हुनु सुखद् पक्ष भएको बताए ।

पार्ककाे महत्व र उजिरसिंहकाे याेगदानका वारेमा स्थानिय काेषलराज तिमिल्सेनाले प्रकाश पारेका थिए । समितिका अध्यक्ष दयाराम पाण्डेले उद्यानको विस्तृत गुरूयोजना निर्माण गरी राष्ट्रकै महत्वपूर्णस्थल बनाइने योजना रहेको जानकारी दिए । शिलान्यास कर्यक्रममा स्थानिय समाजसेवी तथा उपभाेक्ताहरुकाे उपस्थिती रहेको थियो । उद्यान निर्माणले पाल्पा आउने पर्यटकलाई टहलिन सहज हुने देखिएको छ भने पार्क वन्ने भएपछी स्थानियहरु हर्षित छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु