चेल्सी युनाइटेडसँग र आर्सेनल एफए कप सेमिफाइनलमा भिड्ने

२०७७, १५ असार सोमबार १४:२३

गए राती सम्पन्न तीन खेलपछी एफए कपको सेमीफाइनल समिकरण पुरा भएको छ । चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटिले जित निकाल्दै सेमी फाइनल यात्रा तय गरेका हुन ।

म्यान्चेस्टर युनाइटेड यसभन्दा अगाडीनै नर्विच लाई हराएर सेमी फाइनलमा पुगी सकेको छ ।जुलाई १८ मा हुने सेमी फाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सी भिड्दै छन भने जुलाई १९ मा आर्सनल र म्यान्चेस्टर सिटी फाइनलको लागी भिडदै छन ।

आइतबार राति भएको पहिलो खेलामा सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्सनल सेमिफाइनल प्रवेश गरेको हो। खेलको २५ औं मिनटमा पेनाल्टीबाट अग्रता लिएको आर्सनलाई ८७औं मिनटमा सेफिल्डले बराबरी गरेको थियो । तर, खेलको इन्जुरी समय(९०+१)औ मिनेटमा गरेको दोस्रो गोलको मद्दतले आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै दोस्रो खेल लेष्टरको घरेलु मैदानमा लेष्टर र चेल्सीबिच भएको हो । क्वाटरफाइनल खेलमा चेल्सीका रोस बार्क्लीले ६३औ मिनेटमा गरेको गोलको मद्दतले चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

तेस्रो तथा अन्तिम खेलामा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्‍यो । ३७ औँ मिनेटमा पाएको पेनाल्टी र ६८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलले म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

Comments

ताजा खबर