गण्डकी प्रदेशमा १९८ संक्रमित निको भए

२०७७, १४ असार आईतवार २०:१५

पोखरा । कोरोना संक्रमण भएका थप २६ जना निको भएर घर फर्केका छन । यो संगै निको हुनेको कुल संख्या १९८ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार आइतबार साझसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अनुसार गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण भएका पुरुषलाई आइसोलेसन मा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

आइतबार समेतका गरि पछिल्लो समय निको भएकाहरु नवलपरासी (व.सू पूर्व) जिल्लाका रहेका छन ।

Comments

ताजा खबर