पत्रकार तथा मोडल कृष्ण पाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ ।

२०७७, १४ असार आईतवार १४:०८

काठमाडौँ । पत्रकार तथा मोडल कृष्ण पाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ । शनिबार राती करिब १२ बजे कार दुर्घटनामा उनको ज्यान गएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा दुर्घटना भएको हो । ३० वर्षिय कृष्ण पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो ।

सडक किनाराको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा कार दुर्घटना भएको थियो । दुर्घटना पछी चौराह अस्पतालमा लगिएको थियो। उक्त अस्पतालमा उपचारकै क्रममा मृत्युपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागी शव राखिएको छ ।

कार द्रुत गतिमा भएको र नियन्त्रण गर्न नसकेका कारण सडक बारमा ठोक्किएर उक्त दुर्घटना भएको ईलाका प्रहरि कार्यालय बुटवलले बताएको छ । बा ७ च ६९५९ नम्बरको कारमा मृतक एक्लै सवार थिए । उनको टाउकोमा गहिरो चोट देखिएको छ ।

न्युज २४ टेलिभिजनका रुपन्देही सम्बाददाता रहेका कृष्ण पाण्डे निडर र कुसल पत्रकारका रुपमा चिनिन्थे भने नेपाली गीत सङ्गितमा मोडलिङ समेत गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु