७७ जिल्लामा कोरोना संक्रमण

२०७७, १३ असार शनिबार १८:२८

पाल्पा । नेपालमा ७७ जिल्लामा कोतोना संक्रमण देखिएको छ । रसुवा जिल्लामा कोरोना संक्रमण देखिएपछि नेपालका सबै जिल्लामा पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ सय २० जना महिला र ४ सय ३४ जना पूरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा गरी १२ हजार ३ सय ९ संक्रमित पुगेको छ । कोशि अञ्चल अस्पतालको ल्यावमा १२,  प्रदेश जनस्वास्थ्य ल्याव विराटनगरमा २ प्रदेश जनस्वास्थ्य ल्याव जनकपुर ३३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु २२४, नारायणी अस्पताल प्रयोगशाला विरगञ्जमा २ भरतपुर अस्पताल ल्याव चितवनमा २, धुलिखेल अस्पताल ल्यावमा ४, प्रादेशीक ल्याव हेटौडामा ८, पाटन अस्पताल ल्यावमा ६, वीर अस्पताल प्रयोगशालामा ६, त्रिवी शिक्षण अस्पतालको प्रयोगशालामा ८२, प्रदेशिक जनस्वास्थ्य ल्याव रुपन्देहीमा ८५, भेरी अस्पताल नेपालगञ्जमा ६, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, प्रदेश प्रयोगशाला सुर्खेतमा ७, र सेती प्रदेशीक अस्पताल ल्यावमा ३५ जनाको पुष्टि भएको हो ।

Comments

ताजा खबर