शव ब्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा संक्रमण

२०७७, १३ असार शनिबार ११:१८

पाल्पा । कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिकाे शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिकाे शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् । पन्थीका अनुसार सुरक्षित रुपमा नै शव व्यवस्थापन भैरहेको समयमा ठुलो पानी परिकाले कतै र्‍याल चुहिएको कारण संक्रमण भएको हुनसक्छ । उनीहरुको स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर परिक्षणका लागी पठाएको थियो । शव व्यवस्थापन भएदेखि नै उनिहरुलाई आइशोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने सुचना अधिकारी पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार मुत्यु भएका व्यक्तिकाे शव व्यवस्थापन गरिएको थियो । संक्रमीत ब्यक्तीको मृत्यु भएपछी २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ४ सय ४६ पुगेको छ ।संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण हुनेको संख्या बढेसङ्गै पाल्पामा आइसोलेसन बेडको अभाव भएको छ । जसका कारण संक्रमण देखिएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या देखिएको छ । सांकेतिक तस्बिर गुगलबाट ।

Comments

ताजा खबर