झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ |

२०७७, १२ असार शुक्रबार २०:०८

झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानको प्रयोगशालामा गरिएको परिक्षणमा १ पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मा गरिएको परीक्षणमा १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार आज संक्रमण पुष्टि भएकामा झापाको मेचीनगर वडा नं १ का १८ बर्षीय १८ बर्षीय पुरुष रहनु भएको छ । संक्रमित केही दिन अघि भारतबाट आएर वडाको क्वारेन्टाइनमा रहनु भएको थियो ।
त्यस्तै दमक नगरपालिका वडा नं ३, ८ र ९ का १ महिला र २ पुरुषहरुमा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कुबेत र साउदी अरबबाट आएका हुनुहुन्छ । महिला संक्रमित दमक स्थित सिएमए क्याम्पसको क्वारेन्टाइनमा रहेको र पुरुष संक्रमितहरु मिष्ट कलेज क्वारेन्टाइनमा रहनु भएको चौलागाईंले जानकारी दिनु भयो ।

आज थप ४ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा झापामा कोरोना संक्रमितको संख्या २२१ पुगको छ भने १६५ जना निको भएर घर फर्कीनु भएको छ ।

Comments

ताजा खबर