आईओएस फोर्टिनको अपडेट एप्पल प्रयोगकर्ताले थाहा पाउनैपर्ने नयाँ फिचर

२०७७, ११ असार बिहीबार २०:०२


एजेन्सी । एप्पलले पहिलोपटक भर्चुअल रुपमा आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्सको आयोजना गरेको छ । कन्फ्रेन्समार्फत एप्पलले म्याक, आईफोन, आईप्याड तथा विभिन्न एप्पल डिभाइसहरुका लागि विभिन्न नयाँ अपडेट तथा फिचहरु सार्वजनिक गरेको छ ।

  • आईओएस फोर्टिन l एप्पलको आईओएस अन्ततः आफ्नो प्रतिस्पर्धी बराबरीमा आइपुगेको छ । नयाँ अपडेटको रुपमा यो भर्सनमा होम स्क्रीनमा विडगेट्स तथा एप ड्रवेर देख्न सकिन्छ ।
  • आईओएस फोर्टिनमा विडगेट्स होम स्क्रीमा बस्नेछ । यसमा साइज र जानकारीहरु कस्टमाइज गर्न सकिन्छ ।
  • स्क्रीन मूनी सबै एपहरुलाई स्मार्ट तरिकाले वर्गीकरण गरेर राखिएको छ । जसलाई ‘एप लाइब्रेरी’ नाम दिइएको छ । यसको होम स्क्रीन सफा देखिन्छ । सजिलै एक्सेस पाउनका लागि एपहरुलाई यहाँ चलाखीपूर्ण तरिकाले वर्गीकरण गरिएको छ ।
  • एप क्लिप ले प्रयोगकर्तालाई आवश्यक परेको बेला सही समयमा निश्चित एपमा एक्सेस दिन्छ । एप्पल डिजाइन एप क्लिप कोडलाई स्क्यान गर्नुभयो भने तपाईंले चाहेको एपको मिनी भर्सन पप अप हुन्छ ।
  • कम्पनीले म्यासेजमा अपडेट गरेको छ । अब महत्वपूर्ण कुराकानी सबैभन्दा माथि देख्न सकिनेछ । च्याटमा इनलाइन रिप्लाई र थ्रेडहरु एक्टिभैट हुनेछन् ।
  • मिमोजीमा नयाँ समावेशी र विविध फिचहरु आएका छन् । जसमा हेयरस्टाइल, हेडवेयर, फेस कभरिङ लगायतका कुराहरु थप भएका छन् ।
  • म्यापहरु ग्रिनर रुटमा केन्द्रीत हुनेछन् । विद्युतीय सवारीसाधन ट्रयाकिङ र साइकलको मार्ग पनि यसमा समावेश गरिनेछ ।
  • एप ट्रयाकिङ हेर्न तथा बुझ्न अझै सजिलो बन्नेछ ।

आईओएस फोर्टिनका थप फिचर

  • एप्पल ट्रान्सलेटले अब सबै सिस्टमलाई अनुवाद गर्नेछ । साथै दुई फरक भाषाबीचको कुराकानीलाई पनि सहजीकरण गरिदिनेछ ।
  • सिरीले आफ्नो ज्ञानलाई विस्तार गरेको छ । अब यसले इन्टरनेटमा उत्तर खोज्न सहयोग गर्नुका साथै अडियो सन्देश पठाउन पनि सहयोग गर्नेछ ।
  • होम एपले नयाँ अटोमेसन सजेसनको साथमा स्मार्ट होम कन्ट्रोललाई अझ सजिलो बनाएको छ ।
  • एयरपड अटोमेटिक डिभाइस  स्विचिङसँगै अब जुनसुकै एप्पल डिभाइसमा चल्नसक्ने भएको छ । साथै यसले अब स्पाटियल (स्थानीय भाषामा) अडियो पनि निकाल्न सक्नेछ ।
  • डिजिटल कार कीले अब प्रयोगकर्ताहरुलाई आईफोन र एप्पल वाचको मद्दतबाट सुरक्षित रुपमा कार अनलक गर्न र चलाउन सघाउनेछ ।
  • नयाँ फाइण्ड माई नेटवर्क एसेसरी प्रोग्रामको सहायताले अब थर्ड पार्टी प्रडक्ट र एसेसोरिजहरु खोज्न सजिलो भएको छ ।
  • सफारीले प्राइभेसी रिपोर्टको सुविधा दिएको छ ता कि प्रयोगकर्ताहरुले सजिलै कुन क्रश साइट ट्र्याकर ब्लक भएको छ भन्ने कुरा सजिलै थाहा पाउन सकून् । सुरक्षित पासवर्ड मनिटरिङले प्रयोगकर्ताहरुलाई डेटा चोरीमा संलग्न हुनसक्ने सेभ भएका पासवर्ड खोज्न सहयोग गर्नेछ । यस्तै सबै वेबपेजका लागि ब्यूल्ट ईन ट्रान्सलेसन समावेश रहेका छन् ।
  • स्लिप ट्रयाकिङ ह्येल्थ एपमा आएको छ ।
This image has an empty alt attribute; its file name is watchOS-7_Handwashing_Keep-Washing.gif
  • फेस शेयरिङको साथमा वाचओएस सेभेन अपडेट सुरु भएको छ । यदि तपाईंको जस्तै वाच फेस भएको साथी भेट्नु भयो भने तपाईंले म्यासेज, मेल र एप स्टोरको माध्यमबाट सिधै शेय गर्नसक्नुहुन्छ ।
  • नाइक रन क्लब जस्ता विभिन्न एप्लिकेसनहरुमा उच्च स्तरको कम्टमाइजेबल वाच फेस अपडेट भएको छ । सबै किसिमको गतिविधि र जीवनशैलीमा सुहाउने गरी यसको डिजाइन गरिएको छ ।
  • प्रयोगकर्ताहरुलाई उनीहरुको निन्द्रा पुरा गर्न सहयोग गर्ने सफ्टवेयको नयाँ फिचर स्लिप ट्रयाकिङ फिचर जारी भएको छ । यसले इन्टेलिजेन्सीको प्रयोगबाट निन्द्राको डेटा संकलन गर्नसक्छ ।
  • अहिलेको लागि एकदमै सान्दर्भिक फिचर वाच ओएस सेभेनमा आएको छ । यसमा अटोमेटिक ह्याण्ड वासिङ डिटेक्सन छ । कम्तिमा २० सेकेन्ड तपाईंले हात धोएको छ वा छैन भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।
  • एप्पल वाचमा रहेको वर्कआउट एप्लिकेसनमा चार किसिमका नयाँ उत्साहजनक वर्कआउट छन् । यसलाई शक्तिशाली हर्ट रेट र कस्टम ब्युल्ट मोसन अल्गोरिदमले सपोर्ट गरेको छ । यसमा कोर ट्रेनिङ, ड्यान्स, फंसनल स्ट्रेन्थ ट्रेनिङ र कूल डाउन रहेका छन् ।
  • कानको स्वास्थ्यलाई सुधार गर्न वाच ओएस सिक्समा बनाइएको नोइज एप्लिकेसन वाच ‌ओएस सेभेनमा राखिएको छ । यो फिचले प्रयोगकर्तालाई उनीहरु कति ठूलो आवाज सुनिहेका छन् भन्ने कुरा बुझ्न मद्दत गर्दछ ।
  • आईओएस र आईप्याड फोर्टिनमा नयाँ फिचर निर्माण गरिएको छ । एप्पल म्यापको सहयोगले अब तपाईंको हातको घडीमा नै साइक्लिङ डाइरेक्सन पाउन सक्छ । प्रयोगकर्ताले अब एप्पलको न्युरल इंजिन प्रयोग गरी सिरी  एप्पल वाचबाट विभिन्न भाषाहरु सजिलै र चाँडै अनुवाद गर्न सक्नेछन् ।

           आईप्याड ओएस फोर्टिन 

  • इनकमिङ फेसटाइम र फोन कलमा नयाँ कम्प्याक्ट डिजाइन रहेको छ । सिरी इन्टरयाक्सन र सर्चले प्रयोगकर्ताहरुलाई ध्यानमग्न हुन र धेरै काम गर्न मद्दत गर्दछ ।
  • आईप्याड फोर्टिनमा आईप्याडका लागि एप्पल पेन्सिल सहित स्क्रिबल पनि आएको छ । यसले प्रयोगकर्ताहरुलाई जुनसुकै टेक्स्ट फिल्डमा लेख्न अनुमति दिन्छ ।
  • यो डिभाइसमा भएका सबै कुराकानी र हस्तलिखित सुरक्षित र गोप्य रहनेछन् ।
  • डेटा डिटेक्टरले अब हातले लेखिएका टेक्स्टहरुसँग काम गर्दै, फोन नम्बर, मिति, ठेगाना सबैलाई पहिचान गर्नेछ । साथै अब लेखिएका नम्बरहमा ट्याप गरेर नै फोन कल गर्न समेत सकिने छ ।

          म्याक ओएस बिग सर

  • बिग सर ताजा र खुल्ला स्पेस डिजाइनसँग आएको छ । तर यसमा सजिला कन्ट्रोलहरु हुनेछन् ।
  • होम स्क्रीनको माथि दायाँतिर सजिलो टोगलका लागि कन्ट्रोल सेन्टरहरु राखिएका छन् ।
  • सफारीमा व्यापक अपडेट भएको छ । कस्टमाइजेसन, ट्याब र गोपनीयताका कुराहरुमा विशेष ध्यान दिइएको छ ।
  • सफारीमा भएको प्राइभेसी रिपोर्टले प्रयोगकर्ताहरुलाई कुन वेबसाइटले उनीहरुलाई ट्रयाकिङ गर्दैछ भन्ने कुराको जानकारी दिन्छ । साथै उनीहरु कसरी ट्र्याक भइरहेका छन्  र उनीहरु के गर्न सक्छन् भन्ने जस्ता कुराको जानकारी समेत पाउन सक्छन् ।
  • म्यासेज पिनिङ, ईन लाइन रिप्लाई तथा थ्रेड यी सबै म्याक ओएस बिग सर म्यासेज एपमा पनि पाउन सकिन्छ ।
  • म्याप नयाँ लुक्समा आएको छ र रूट प्लानिङ पनि सजिलो भएको छ ।

          डेभलपरहरुका लागि थप अपडेट

  • एक्सकोड १२ ले डेभलपरहरुलाई एपमा काम गर्न र एप बनाउन सजिलो बनाइदिएको छ ।
  • स्विफ्ट यूआईमा महत्वपूर्ण अपडेटहरु भएका छन्  । जसले सबै एप्पल प्लेटफर्मभर डेभलपरहरुले शेयर गरेका कोड सबै एपमा लेख्न सक्छन् ।
  • म्याक क्याटेलिस्टले डेभलपरहरुलाई उनीहरुको आईप्याड एपलाई म्याकमा ल्याउन सजिलो बनाइएको छ ।
  • म्याक क्याटेलिस्ट एपमा अटोमेटिकल्ली नयाँ लूक आएको छ । यसले डेभलपरहरुलाई शक्तिशाली नयाँ एपीआई दिएको छ । यसको माध्यमबाट उनीहरुले एपको स्वभाव र लूकमा नियन्त्रण जमाउन सक्छन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु