कोरोनाका कारण स्याङ्जाका दोश्रो ब्यक्तिको निधन

२०७७, ११ असार बिहीबार ०७:३३

स्याङ्जा । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले मृत्यु भएको पुष्टि गरे । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।
जिल्ला अस्पताल स्याङ्जाका अनुसार मृतक सुगरको बिरामी रहेका थिए । स्याङ्जा जिल्लामा कुल १३५ जनामा संक्रमण देखिएको मा २१ जना निको भएका छन । जसमध्ये ११२ जनाको विभिन्न आइसोलमा उपचार भईरहेको छ । यो संगै २ जना संक्रमीत को मृत्यु भएको छ ।

Comments

ताजा खबर