कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९ ०,७७८ पुगेको छ ।

२०७७, १० असार बुधबार १९:४१

कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९०,७७८ पुगेको छ । भाइरसका कारण आज ५ जनाले ज्यान गुमाएका छन् । कतारको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ४,२३१ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १०४ रहेको छ र निको हुनेको संख्या ७३,०८३ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन । पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु