सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोड तोके

२०७७, १० असार बुधबार १९:०४

सिजनको क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’को टिम छनोटका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन् । जसमा सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात् नेपाली १ करोडभन्दा माथि तोकेका छन् ।

आज बुधबार ड्राफ्ट गरिने खेलाडी छनोटमा २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन्, जसमा सन्दीप सबैभन्दा महँगो खेलाडीको नम्बर चारमा परेका छन् ।

सबैभन्दा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी छन् । उनले १ लाख ६० हजार अमेरिकी डलर मूल्य राखेका छन् । सन्दीप गत वर्षको सीपीएलमा बार्बाडसबाट खेलेका थिए । यस वर्षको लागि बार्बाडसले ५ खेलाडी आवद्ध गर्न पाउनेछ ।

त्योसँगै जमैकाले ११ जना, सेन्ट किन्टले ६ जना, सेन्ट लुसियाले ५, गुयना अमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सले ३-३ जना खेलाडी मात्र आवद्ध गर्न पाउनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु