तीन दिन देखि अन्धकार, स्थानीयलाई सास्ती

२०७७, ९ असार मंगलवार २२:०६

सन्ताेष गहतराज, पाल्पा । छिनछिनमा अबरुद्ध भैरहने पाल्पाको विद्युतले सास्ती खेपिरहेका बेला बन्दिपोखरा क्षेत्र ३ दिन देखि अन्धकार छ । लगातारको बर्षातका कारण पाल्पाको तानसेन नगरपालिका ११ बन्दिपाेखरा विद्युत अबरूद्व भएको छ । तीन दिन अगाडी देखि परेको पानीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अबरुद्ध भएको हो । समयमै विद्युत मर्मत नहुदा यस क्षेत्रका जनताहरु बत्तिमुनिको अध्यरोमा बस्न बाध्य भएका छन ।

तस्बिर गुगल बाट

बन्दिपाेखराकाे बडहरबाेट, जुकिया, भालुवन, गाबुडाडा, तिलाहार तथा जाेगिपानी क्षेत्रमा विधुत अबरुद्ध छ  ।तानसेन नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष दामोदर घिमिरेका अनुसार विगत ३ दिन देखि लगातार परेकाे बर्षातका कारण सम्माेबारीमा पहिराे गएकाे र साेहि पहिराेमा १ पाेल ढलेकाे र अरू २ वटा पाेल जाेखिममा रहेकाेले भाेली देखि पाेल सार्ने र त्यस्लाई मर्मत सम्भार गर्ने जानकारी दिए । यसै बिषयमा प्रतिक्रिया लिदा विधुत कार्यालयका प्रमुख सुशील पाैडेलले भाेली देखि नै साे स्थानमा मर्मत सम्भारकाे कार्य अगाडी बढाउने जानकारी दिए ।

लगातारको बर्षातले पाल्पाको सम्मबारीमा बाटोमाथी बाट खसेको पहिरोले ४ वटा सवारीसाधन पुरिएका थिए । जसमा परी ४ जनाले ज्यान समेत गुमाएका थिए ।

Comments

ताजा खबर