गण्डकी प्रदेशमा थप १०४ जनामा संक्रमण कुल ६९७ पुग्यो

२०७७, ९ असार मंगलवार २०:५७

पोखरा । गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कुल संक्रमण हुने को संख्या ६९७ पुगेको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप भएका नयाँ १०४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । मंगलवार साँझ अबेर निर्देशनालयले प्रेस बिज्ञप्ति मार्फत संक्रमीत थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

थपिएका संक्रमीत गोर्खाका १८, नवलपुरका ३८, बागलुङका ६, कास्कीका ७, पर्वतका २१, तनहुँका १ र स्याङ्जाका १३ जना रहेका छन ।

Comments

ताजा खबर