विद्यालयले बिपन्न परिवारका विद्यार्थीहरूलाई रेडियो वितरण ।

२०७७, ९ असार मंगलवार १८:२६

पाल्पा । देशमा लकडाउन सुरू भए सँगै सबै शैक्षिक सस्थाहरू बन्द छन । यस्ले गर्दा सुचना तथा सञ्चारकाे पहुँच नभएका विद्यार्थीहरू यस्काे मारमा परि पढ्नकाे लागि माध्यम पाइरहेका छैन  । पाल्पा केही विद्यालयहरूले विद्यार्थीहरूलाई खुला चाैरमा राखेर पठाउने व्यवस्था गरेका छन । यसै सन्दर्भमा तानसेनकाे  देववाणी माविले रेडियो पाठशाखा सुन्न विपन्न विद्यार्थीलाई रेडियो वितरण गरेको छ ।

विद्यालयले रिड नेपालको सहयोगमा रेडियो नभएका ३० जना बिपन्न परिवारका विद्यार्थीहरूलाई रेडियोबाट सञ्चालन भएको पाठशाला सुन्न अभिप्रेरित गर्ने उद्धेश्यले रेडियो वितरण गरिएको छ ।  उहाँले विद्यालयले लकडाउनको समयमा दुरशिक्षा कार्यक्रम मार्फत शिक्षण, अनलाइन कक्षा, घरदलौ कक्षा लगाएतका माध्यमबाट शिक्षण गर्दै आइरहेको बताउनुभयो । विद्यालयमा विद्यार्थी संख्या नभएर मर्ज हुन लागेको विद्यालयमा नयाँ व्यवस्थापनसँगै अहिले विद्यार्थीको चाप र शैक्षिक गुणस्तर समेत बढेको सहायक प्राचार्य शेषनारायण चालिसेले बताउनुभयो ।

Comments

ताजा खबर