नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

२०७७, ९ असार मंगलवार १७:३१

नेपालमा आज ५३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज एकैदिन ५३८ जनामा संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप ७६ जना निको भएर घर फर्कदा आज सम्म २ हजार २२४ जना निको भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफींगमा जानकारी गराएको छ ।

गत २४ घण्टामा ४ हजार ९९५ वटा पीसीआर परीक्षण हुँदा पीसीआरको कुल नमुना परीक्षण संख्या १ लाख ८६ हजार ३६६ पुगेको छ । 

क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या ८५ हजार ८१३ रहँदा आइसोलेशनमा रहेर उपचाररत संख्या ७ हजार ८५१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप एक जनाको ज्यान गयो :

नेपालमा आज थप १ जना कोरोना संक्रमितको निधन भएको छ । दैलेखका ४५ बर्षीय १ पुरुषको कोरोनाको संक्रमितको आज निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसंगै नेपालमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या २४ पुगेको छ ।

Comments

ताजा खबर