तानसेन पहिराे अपडेट घटनास्थलमा थप एक जनाको शव भेटियाे

२०७७, ९ असार मंगलवार १६:४८

पाल्पा । तानसेन – रिडी सडक खण्डमा सोमबार गएको पहिरोमा थप एक जनाको शव भेटिएको छ । यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतककाे पहिचान हुन सकेको छैन । तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा वाटाे माथी वाट गएकाे पहिरोले वाटाे जाम भइ राेकी राखेका ४ वटा सवारी साधन पुरेकाे थियाे । पहिराेमा पुरिएर सोमबार ३ जनाको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियाे। मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको थियाे ।

थप मानविय क्षति भएको हुन सक्ने भन्दै मंगलवार विहानै देखी नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी पहिरो स्थलमा परिचालन भएका छन् । प्रत्यक्षदर्शीका अनुसार धेरै जनाले पहिराे नियालि रहेकाे अवस्थामा माथीवाट पहिराे खसेकाे थियाे । जसका कारण अरुपनी क्षेतिभएकाे हुन सक्ने अनुमान गरीएकाे छ ।

Comments

ताजा खबर